लेकसाइडको सेभेन स्टार डान्सबारको कालोधन्दा: महिला स्टाफलाई रक्सी खुवाउने, ग्राहकसँग बढी बिल असुल्ने
ठगी आरोपमा २ जना युवक प्रकाउ
पाेखरा | मंसिर २५, २०८०
पोखरा: लेकसाइडस्थित डान्सबारमा महिला स्टाफलाई ग्राहकसँग मादक पदार्थ सेवन गर्न लगाएर बढी विल उठाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा महानगरपालिका–६ लेकसाइडस्थित ड्रागन डान्स बारका म्यानेजर र सेभेन डान्स बारका कर्मचारीलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रकाउ पर्नेमा ड्रागन बारका म्यानेजर पोखरा-१७ बिरौटा घर भएका सागर गुरुङ र पोखरा –६ लेकसाइड बस्ने सेभेन स्टार डान्स बारका कर्मचारी प्रविण खड्का रहेका छन् । उनीहरुलाई प्रहरीले आज बिहान करिव १ बजेको समयमा नियन्त्रणमा लिएको हो ।
उनीहरुले बढी उठाउने मनसायले मापदण्ड विपरीत महिला स्टाफलाई ग्राहकसँग राखेर मादक पदार्थ सेवन गराएर बढी बिल उठाउने गरेको पाइएपछि नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
प्रकाउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

